मेगा क्यापिटलले खोल्यो १ लाख ८० हजार डिम्याट खाता, ६८ करोडको पोर्टफोलियो ब्यबस्थापन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 29, 2022 | 04:01:40 PM मा प्रकाशित

laxmi  sunrise bank

मेगा क्यापिटल मार्केट्स लिमिटेडले ५ वर्ष पुरागरी पाँचौ वार्षिक साधारणसभा गर्ने तयारीमा जुटेको छ । मेगा क्यापिटलले हाल सञ्चालनमा भएका ३० ओटा मर्चेन्ट बैंकहरुमध्ये आफ्ना समकालिन मर्चेन्ट बैंकहरुलाई पछि पार्दै तिब्र गतिमा अगाडी बढेको जनाएको छ ।

क्यापिटलका अनुसार आर्थिक वर्ष २०७८÷०७९ मा मेगा क्यापिटल २४.५ प्रतिशत वितरण योग्य मुनाफा आर्जन गर्न सफल भएको छ । क्यापिटलले हाल सम्म करिब १,८०,००० (एक लाख असि हजार) डिम्याट र लगानी व्यवस्थापन सेवामा ३५८ जना सेवाग्राहिबाट करिब ६८,००,००,००० को पोटफूलियो व्यवस्थापन गर्दै आएको जनाएको छ ।

मेगा क्यापिटलले संस्थागत परामर्शदाता सेवाको रुपमा सेवाग्राही तथा आवद्घ लगानीकर्तालाई वित्तिय समस्या हल गर्न परिणाम मूलक सेवा दिँदै मर्चेन्ट बैंकिङ्ग क्षेत्रमा नँया आयाम थपेको उल्लेख गरेको छ  । त्यस्तै गरी नँया कामको रुपमा कुनै पनि कम्पनीको प्रमोटर सेयर खरिद बिक्री गर्ने इच्छा भएकालाई सहजिकरण गर्दै आएको छ । विभिन्न कम्पनीहरुसँग आईपिओ निष्काशन र अण्डरराइटिङ सम्झौता पनि गर्दै आएको छ ।

अत्याधुनिक प्रणालीको व्यवसायिक उपभोग गर्ने रणनीति अनुरुप संस्थाले डिम्याट खाता, मेरो सेयर खाता खोल्ने, नविकरण गर्ने र लगानी व्यवस्थापन सेवा समेत अनलाइन मार्फत गर्न सकिने व्यवस्था मिलाएको जनाएको छ । क्यापिटलले प्रदान गर्ने सेवाहरुलाई छिटो छरितो बनाई ग्राहकको आवश्यकता र चाहना अनुसार सेवा उपलब्ध गराउने मुख्य उद्देश्य साथ काठमाण्डौँ उपत्यका बाहिर पोखरा, वुटवल र विराटनगरबाट समेत भौतिक संरचनाबाट पनि सेवा दिने क्यापिटलको योजना रहेको क्यापिटलले उल्लेख गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved