
चन्द्र ढकालले हिमालय पावर पार्टनर लिमिटेडको संचालक समिति सदस्यबाट राजिनामा दिएका छन् । असोज २५ गते बसेको कम्पनीको संचालक समितिको बैठकले ढकालले राजिनामा स्वीकृत गरेको छ ।
ढकालले आफ्नो व्यक्तिगत अरु कामका कारण समय व्यस्तताको कारणले राजिनामा दिएको कम्पनीले उल्लेख गरेको छ। ढकाल कम्पनीको सुरुवाती अवस्थादेखि संचालक थिए ।
ढकालले कम्पनीको शुरुवाती अवस्था देखि संस्थापक संचालक भै दोर्दी खोला जलविद्युत आयोजनाको स्थापना, निर्माण तथा आयोजनाबाट उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणलाई बिक्रि गर्ने अवस्थासम्म पुर्याई दोर्दी खोला जलविद्युत आयोजनाको विद्युतको व्यापारिक उत्पादनमा योगदान पुर्याएको कम्पनीले उल्लेख गरेको छ ।