शिखर पावर डेभलपमेन्टले आईपिओ निष्काशन गर्ने, बिक्रि प्रबन्धक नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 06, 2022 | 12:26:11 PM मा प्रकाशित

laxmi  sunrise bank

शिखर पावर डेभलपमेन्ट लिमिटेडले आईपिओ निष्काशन गर्नको लागि बिक्रि प्रबन्धक नियुक्त गरेको छ। कम्पनीले ग्लोबल आईएमई क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको हो ।

शेयर निष्कासन त्तहा बिक्रि प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौतामा शिखर पावर डेभलपमेन्टको तर्फबाट प्रबन्ध निर्देशक हेमराज आचार्य र ग्लोबल आइएमई क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारस मणी ढकालले हस्ताक्षर गरेका छन्।

कम्पनीले सर्वसाधारणमा प्रति कित्ता अंकित मुल्य रु. १०० दरको ९ लाख ९२ हजार ५८० कित्ता साधारण शेयरको सार्वजनिक निष्कासन गर्न लागेको हो।

 वि.सं.२०७२ सालमा स्थापना भई वि.सं. २०७९ सालमा पब्लिक कम्पनीको रुपमा परिणत भएको कम्पनीको रजिष्टर्ड कार्यालय काठमाण्डौं जिल्लाको टोखा १०, महादेवटारमा रहेको छ । कम्पनीको अधिकृत पुँजी ५० करोड रुपैयाँ र जारी पुँजी ३३ करोड ८ लाख ६० हजार रुपैयाँ रहेको छ । संस्थापक समुहको ७० प्रतिशत शेयर रहेको कम्पनीमा १० जना संस्थापक शेयरधनीहरुबाट २३ करोड १६ लाख २ हजार रुपैंया बराबरको शेयरपुँजी चुक्ता भैसकेको छ ।

कम्पनीले बागलुङ्ग जिल्लाको बडिगाड गाउँपालिकास्थित “भिमखोला साना जलविद्युत आयोजना ( ४.९६ मे.वा. ) " आयोजना निर्माण गरिरहेको छ। कम्पनीका अनुसार आयोजनाको ६५ प्रतिशत काम सम्पन्न भईसकेको छ । यस कम्पनीबाट सोही आयोजनाको क्यास्केड आयोजना " लोवर भिमखोला क्यास्केड जलविद्युत आयोजना ( ६.०५ मे.वा.) " पनि प्रबर्द्धन भईरहेको तथा भविष्यमा अरु पनि थप हाईड्रोपावर, होटेल, कृषि लगायतका क्षेत्रमा पनि लगानी गर्ने तयारी गरेको कम्पनीका प्रबन्ध निर्देशक हेमराज आचार्यले बताए ।

कम्पनीको मुख्य लगानिकर्ताका रुपमा शिक्षा, निर्माण व्यवसाय, बैकिङ्ग लगायत विभिन्न क्षेत्रमा काम गरेका ख्याती प्राप्त व्यक्तिहरु रहेका छन्। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved