माण्डु हाइड्रोपावरले माग्यो आईपिओ निष्काशन अनुमति, प्रति कित्ता मूल्य २४८ रुपैयाँ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 28, 2022 | 12:43:45 PM मा प्रकाशित

laxmi  sunrise bank

माण्डु हाइड्रोपावर लिमिटेडले आईपिओ निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले पुस ११ गते बोर्डमा आवेदन दिएको हो ।

कम्पनीले प्रिमियम मुल्यमा शेयर जारी गर्दै अनुमति माग गरेको हो । कम्पनीले आयोजना प्रभावित स्थानिय र सर्बसाधारणलाई १०० रुपैयाँ अंकित दरका शेयरमा १४८ रुपैयाँ प्रिमियम जोडेर प्रति कित्ता २४८ रुपैयाँमा शेयर निष्काशन गर्न अनुमति माग गरेको हो । कम्पनीले ४० करोड ५८ हजार १९ हजार ७ सय ६० रुपैयाँ बराबरको १६ लाख ३६ हजार ३ सय ७० कित्ता शेयर निष्काशनको लागि अनुमति माग गरेको हो । शेयर निष्काशनको लागि प्रभु क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । बोर्डले अनुमति दिएपछि कम्पनीले आईपिओ निष्काशन गर्ने छ । 

 माण्डु हाइड्रोपावर लिमिटेडले मकवानपुर जिल्लाको कोगटे स्थित इपामा २२ मेगावाट क्षमताको बागमती नदी जलविद्युत आयोजनाको निर्माण गरी सञ्चालन गरिरहेको छ । सो आयोजनाले २०७५ चैत्र १८ गतेबाटै विद्युत उत्पादन शुरु गरिसकेको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved