प्रुडेन्शियल इन्स्योरेन्सको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 03, 2023 | 10:07:51 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रुडेन्शियल इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको पुस १८ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट बितरण गर्ने लाभांश घोषणा गरेको हो ।

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको ६.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.३४२ प्रतिशत नगद  लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । बीमा प्राधिकरणले स्वीकृति दिएपछि र  कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।

कम्पनीले  हाल कायम रहेको चुक्ता पूँजी ( रकममा रु. १,१८,६१,४४,८१९ / -) को ६.५% बोनस शेयर ( रकममा रु. ७,७०,९९, ४१३/२५) (अक्षरेपी सातकरोड सत्तरी लाख उनान्सयहजार चारसय तेह रुपैयाँ र पैसा पच्चीस मात्र) र उक्त बोनस शेयर कर प्रयोजनार्थ ०.३४२% नगद लाभांश (रकममा रु. ४०,५७,८६३/८६) (अक्षरेपी चालीसलाख सन्ताउन्नहजार आठसय त्रिसठी रुपैयाँ र पैसा छयासी मात्र ) वितरण गर्नेप्रस्ताव गरेको हो ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved