कृषि विकास बैंकको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 10, 2023 | 10:12:58 AM मा प्रकाशित

laxmi  sunrise bank

कृषि विकास बैंकले लाभांश घोषणा गरेको छ ।  कम्पनीको आज मंगलबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८.७९ को मुनाफाबाट बितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । 

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको २ प्रतिशत बोनस लाभांश र लाभांशमा लाग्ने कर समेत गरी ११ प्रतिशतले हुने नगद लाभांश प्रदान गर्ने प्रस्ताव गरेको हो। त्यस्तै बैंकले नेपाल सरकारको हाल कायम भएको फिर्ता नहुने अग्राधिकार शेयर पूँजिमा समेत वार्षिक ६ प्रतिशतले हुने नगद लाभांश रकम समेत प्रदान गर्ने निर्णय गरेको छ ।

नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved