महिला लघुवित्तद्वारा लाभांश घोषणा, लगत्तै शेयर कारोबार रोक्का

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 10, 2023 | 12:13:22 PM मा प्रकाशित

laxmi  sunrise bank

महिला लघुवित्तले लाभांश घोषणा गरेको छ ।  कम्पनीको आज मंगलबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट बितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । 

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको ४७.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि २.५  प्रतिशत नगद लाभांश गरि कुल ५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।

कम्पनीले लाभांश घोषणाबारेको जानकारी नेप्सेमा गराए लगत्तै नेप्सेले कम्पनीको कारोबार रोक्का राखेको छ । कम्पनीले आज बिहान १०:३० बजे स्नाचालक समितिको बैठक राखेर कारोबार समयमा लाभांश बारेको जानकारी नेप्सेमा पठाएपछि नेप्सेले कारोबार रोकेको हो । लाभांश बारेको सूचना कारोबार सुचारु हुन् अगावै जानकारी गराउनु पर्ने ब्यबस्था छ । कारोबार रोक्का हुनु अघि आज कम्पनीको ३३६ कित्ता शेयर कारोबार भएको छ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved