मोलुङ हाइड्रोले स्थानीयलाई निष्काशन गरेको आईपिओमा आवेदन दिने समय थपियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 24, 2023 | 09:07:18 AM मा प्रकाशित

laxmi  sunrise bank

मोलुङ हाइड्रोपावर कम्पनीले आयोजना प्रभावितलाई निष्काशन गरेको आईपिओमा आवेदन दिने म्याद फेरी थपिएको छ । कम्पनीले पुस १९ गतेदेखि  ओखलढुंगा जिल्लाका आयोजना प्रभावित स्थानीयलाई आवेदन खुला गरेको हो । पहिलो पटक आवेदन दिने म्याद थप गरि माघ १० गतेसम्म कायम गरिएकोमा अब पुन: म्याद थप गरि माघ १५ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । 

 कम्पनीले ओखलढुंगा जिल्लाका आयोजना प्रभावित स्थानीयको लागि ८ लाख २ हजार ५ सय कित्ता शेयर निष्काशन गरेको हो । यस निष्काशनमा मोलुङ गाउँपालिकाका स्थानीय, सुनकोशी गाउँपालिकाका स्थानीय र सिद्धिचरण नगरपालिकाका स्थानीयले आवेदन दिन सक्ने छन् । शेयर निष्काशनको लागि सनराइज क्यापिटल बिक्रि प्रबन्धक रहेको छ 

स्थानीय र विदेशमा कार्यरत नेपाली श्रमिकलाई निष्काशन गरिएको आईपिओ बाँडफाँड भएपछि कम्पनीले सर्बसाधारणलाई आईपिओ निष्काशन गर्ने छ कम्पनीले ओखलढुंगामा ७ मेगावाटको मोलुङखोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०७४ चैत्र १२ गतेदेखि व्यापरिक उत्पादन गर्दै आईरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved