हकप्रद निष्काशनको लागि हिमालयन उर्जा विकास कम्पनीले चयन गर्यो बिक्री प्रबन्धक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 31, 2023 | 10:12:17 AM मा प्रकाशित

laxmi  sunrise bank

हिमालयन उर्जा विकास कम्पनीले हकप्रद निष्काशनको लागि बिक्री प्रबन्धक चयन गरेको छ । कम्पनीले नबिल इन्भेष्टमेन्ट बैंकिङलाई बिक्री प्रबन्धक चयन गरेको हो ।

बिक्री प्रबन्धक नियुक्ति समबन्धि सम्झौतामा हिमालयन उर्जा विकासको तर्फबाट कार्यकारी अध्यक्ष हरिप्रसाद पाण्डे तथा नबिल इन्भेष्टमेन्टको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन् ।

कम्पनीले २ सय प्रतिशत हकप्रद निष्काशन गर्ने तयारी गरेको हो। कम्पनीको माघ १३ गते बसेको संचालक सम्तीको बैठकले हाल कायम चुक्ता पुँजीको १ : २ को अनुपातमा २ सय प्रतिशत हकप्रद शेयर निश्कासन गर्ने निर्णय गरेको हो। कम्पनीले १ करोड ९८ लाख कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो 

कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि, विद्युत नियमन आयोगले स्वीकृति दिएपछि, र नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि कम्पनीले हकप्रद निष्काशन गर्ने छ।    

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved