फागुन १८ बाट नयाँ म्युचुअल फण्डको इकाई निष्काशन गर्दै प्रभु क्यापिटल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 17, 2023 | 09:31:35 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु क्यापिटलले फागुन १८ गतेबाट प्रभु स्मार्ट फण्ड नामक सामुहिक लगानी कोष योजनाको इकाईहरु निष्काशन गर्ने भएको छ । क्यापिटलले प्रभु म्युचुअल फण्ड अन्तर्गत संचालन हुने प्रभु स्मार्ट फण्ड नामक बन्दमुखी म्युचुअल फण्ड योजनाको इकाई निष्काशन गर्न लागेको हो । 

यस योजनाको आकार ८० करोड रहेको छ ।  क्यापिटलले प्रति इकाई १० रुपैयाँको दरले फण्डको ८ करोड इकाई निष्काशन गर्न लागेको हो ।  जस मध्ये १ करोड २० लाख इकाई कोष प्रबर्दक प्रभु बैंकलाई छुट्याईएको छ । त्यस्तै ८ लाख इकाई योजना व्यवस्थापक प्रभु क्यापिटललाई छुट्याईएको छ।  बाँकि रहेको ६ करोड ८० लाख इकाईको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । 

आवेदन दिंदा न्युनतम १०० इकाई र अधिकतम पुरै अर्थात् ८० लाख इकाईको लागि दिन सकिने छ ।  छिटोमा फागुन २३ गतेसम्म र सो अवधिसम्म पूर्ण आवेदन नपरेमा ढिलोमा चैत्र ५ गतेसम्ममा आवेदन दिन सकिने क्यापिटलले जनाएको छ । यस म्युचुअल फण्डको अवधि १० वर्ष रहेको छ ।  


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved