सर्वसाधारणलाई भूगोल इनर्जिको आईपिओ चैत्र २३ देखि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 29, 2023 | 08:49:13 AM मा प्रकाशित

laxmi  sunrise bank

 भूगोल इनर्जि डेभलपमेन्ट कम्पनी लिमिटेडले  चैत्र २३ गतेदेखि सर्वसाधारणलाई आइपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले  सर्वसाधारणलाई १३ लाख ४६ हजार ९ सय ९३ कित्ता शेयर निष्काशन गर्न लागेको हो । त्यस्तै ७१ हजार ९ सय १६ कितात सामुहिक लगानी कोषहरुलाई छुट्याईएको छ। 

 यस निष्काशनमा चैत्र २७ गतेसम्म आवेदन दिन सकिने छ । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ३० हजार कित्ताको लागि दिन सकिने छ । शेयर निष्काशनको लागि एनआईसी  एसिया क्यापिटल बिक्री प्रबन्धक रहेको छ । कम्पनीले यस अघि नै आयोजना प्रभावित स्थानीय र विदेशमा रहेका नेपाली श्रमिकलाई शेयर निष्काशन गरि बाँडफाँड गरि सकेको छ ।    

यस कम्पनीले दैलेखमा ३.७५ मेगावाटको द्वारी खोला साना जलविद्युत आयोजनाको निर्माण सम्पन्न गरि विजुली उत्पादन गरिरहेको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved