नेपाल पुनर्बीमा कम्पनीको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 30, 2023 | 10:30:37 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल पुनर्बीमा कम्पनीले लाभांश घोषणा गरेको छ। कम्पनीको वैशाख १७ गते बिहान बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको हो 

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको ४.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२५ प्रतिशत नगद लाभांश गरि कुल ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।  कम्पनीको उक्त प्रस्ताव नेपाल सरकार र बीमा प्राधिकरणले  स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुने छ । 

हाल कम्पनीको चुक्ता पुँजी १२ अर्ब २३ करोड २५ लाख रहेको छ  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved