नेपाल लाइफ इन्स्योरेन्सको नाफामा ३२९.५२ प्रतिशतको वृद्धि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 12, 2023 | 08:23:17 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल लाइफ इन्स्योरेन्सले चालु आ.व को तेस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफामा ३२९.५२ प्रतिशतको वृद्धि भएकोे छ । 

समीक्षा अवधिमा कम्पनीको खुद नाफा ४४ करोड ६५ लाख रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा  १९ करोड रुपैयाँ ऋणात्मक रहेको थियो । 

कम्पनीका अनुसार यस त्रैमासकको अन्त्य सम्ममा कम्पनीको जगेडा तथा कोषमा करिव ४८ करोड रुपैयाँ रहेकोछ जुन अघिल्लो आ.व.को सम्बन्धित त्रैमासकको अन्त्य सम्मको आधारमा ९.४० प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा करिव १३१ अर्ब १६ करोड रुपैयाँ रहेको जीवन बीमा कोष १९.८३ प्रतिशतले बढि करिव १५७ अर्ब १६ करोड रुपैयाँ पुगेको छ । महाबिपत्ती कोषमा ८३ करोड रुपैयाँ रहेको छ जुन गत आर्थिक वर्षको सोही अवधिमा तुलनामा १५.४९ प्रतिशतले बढी हो । कम्पनीको लगानी २०.०७ प्रतिशतले बढेको छ । चैत मसान्तसम्म कम्पनीले १६२ अर्ब २८ करोड रुपैयाँ लगानी गरेको छ । 

प्रकाशित विवरण अनुसार कम्पनीको भुक्तानी हुन बाँकी दावी उलेख्य रूपमा  घटेको छ । गत आर्थिक वर्षको सोही अवधिमा करिव १ अर्ब २८ करोड रुपैयाँ भुक्तानी हुन बाँकी दावी वापत व्यवस्था गरिएकोमा चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ३४.१९ प्रतिशतले घटी ८४ करोड रुपैयाँ रहेको छ । यसै गरी चैत मसान्त सम्ममा २६ अर्ब ८३ करोड ७४ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ भने ११ अर्ब ८२ करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । समिक्षा अवधिमा कम्पनीको खुद दाबी भुक्तानी ११.४४ प्रतिशतले बढेको छ । यस त्रैमासमा आफ्नो दाबी भुक्तानी प्रक्रियालाई चुस्त दुरुस्त छिटो छरितो बनाइनु नै यस उपलब्धिको कारण भएको कम्पनीले जनाएको छ ।  

८ अर्ब २० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको समिक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ७.२५ रुपैयाँ रहेको छ । यस्तै कम्पनीको प्रतिसेयर नेटवर्थ ११६.०१ रुपैयाँ, मूल्य अनुपात आम्दानी ९३.१९ गुणा, प्रति शेयर कुल सम्पत्तिको मूल्य २,०९० रुपैयाँ र औसत प्रतिफल दर १०.८४ प्रतिशत रहेको छ ।

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved