गरिमा क्यापिटलले पायो म्युचुअल फण्ड व्यवस्थापक तथा डिपोजीटरीको लाईसेन्स

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 17, 2023 | 02:21:35 PM मा प्रकाशित

laxmi  sunrise bank

गरिमा क्यापिटल लिमिटेडले सामूहिक लगानी कोष (म्युचुअल फण्ड) को योजना व्यवस्थापक तथा डिपोजीटरीको रुपमा कार्य गर्ने अनुमतिपत्र प्राप्त गरेको छ। क्यापिटलले नेपाल धितोपत्र बोर्डबाट मङ्सिर २२ गते सामूहिक लगानी कोषको योजना व्यवस्थापक र डिपोजिटरीको रुपमा कार्य गर्ने अनुमतिपत्र प्राप्त गरेको हो। 

गरिमा क्यापिटल लिमिटेड नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त मर्चेन्ट बैंकर हो । क्यापिटलले हाल लगानी व्यवस्थापन सेवा  तथा निक्षेप सदस्य  ( डिम्याट तथा मेरोशेयर खाता सम्बन्धी) सेवा प्रवाह गर्दै आएको छ। क्यापिटलले निकट भविष्यमा नै कोष सुपरिवेक्षक र कोष प्रवद्र्धकको प्रचलित कानून बमोजिम आवश्यक स्वीकृति लिई गरिमा म्युचुअल फण्ड अन्तर्गत विभिन्न बन्दमुखी तथा खुल्लामुखि योजनाहरु क्रमश दर्ता तथा सञ्चालन गर्दै अगाडी बढ्ने जानकारी जनाएको छ।

गरिमा क्यापिटल लिमिटेड, गरिमा विकास बैंक लिमिटडको सहायक कम्पनी हो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved