एकसाथ दुई आर्थिक वर्षको साधारणसभा गर्दै गोर्खार्ज फाइनान्स

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 15, 2024 | 10:39:41 AM मा प्रकाशित

laxmi  sunrise bank

गोर्खार्ज फाइनान्सले एक साथ दुई वटा आर्थिक वर्षको साधारणसभा गर्ने भएको छ। कम्पनीले एक साथ २०७८/७९ र २०७९/८० को साधारणसभा गर्ने गरि साधारणसभाको लागि चैत्र २ गतेको मिति तय गरेको छ। 

कम्पनीका अनुसार चैत्र २ गते दिउँसो १ बजे बत्तीसपुतलीको अनुपम फुडल्याण्डमा सभा हुने छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि फागुन १८ देखि चैत्र २ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । फागुन १७ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन 

कम्पनीले साधारणसभामा हालको पुंजी संरचना परिवर्तन गरि संस्थापक समुहको ५१ प्रतिशत र सर्वसाधारण समुहको ४९ प्रतिशत कायम गर्ने विशेष प्रस्ताव पेश गर्ने जनाएको छ । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved