स्टार माइक्रो इन्स्योरेन्सको साधारणसभा आह्वान, आईपीओ निष्काशन गर्ने विशेष प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 16, 2024 | 09:00:11 AM मा प्रकाशित

laxmi  sunrise bank

स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले साधारणसभा आह्वान गरेको छ । कम्पनीले फागुन २७ गते आइतबार काठमाडौँको दरबारमार्ग स्थित आफ्नै प्रादेशिक कार्यालयमा सभा आह्वान गरेको हो 

सभामा अध्यक्षको प्रतिवेदन पारित गर्ने,  वित्तीय विवरणहरु पारित गर्ने, संचालक समिति गठन गर्ने, संचालक सेवा सुविधा निर्धारण गर्ने, स्वतन्त्र संचालक चयन गर्ने , सर्वसधारणलाई आईपीओ निष्काशन गर्ने, प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने लगायतका प्रस्ताव पेश हुने छन् ।

यस्ता छन् कम्पनीको सभामा पेश  हुने प्रस्तावहरु  ।

सामान्य प्रस्ताव 

क) संचालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत आ.व. २०७९ / ०८० को प्रथम वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने सम्बन्धमा ।

ख) लेखापरीक्षकको प्रतिवेदन सहित २०८० असार मसान्त (आ.व. २०७९ / ०८०) को वासलात,  नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोसँग सम्बन्धित अनुसूचीहरु सहितको वित्तीय विवरण उपर छलफल गरि पारित गर्ने सम्बन्धमा ।

ग) कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आ.व. २०८०/८१ को लेखापरीक्षण गर्न लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा ।

घ) संचालक समिति निर्वाचन (गठन) गर्ने सम्बन्धमा ।

ङ) कम्पनीको संचालक समितिले सिफारिस गरेको स्वतन्त्र संचालक नियुक्ति गर्ने सम्बन्धमा

। च) संचालक समितिको बैठक भत्ता सम्बन्धमा ।

 विशेष प्रस्तावः
क) नियमावलीको नियम २९ (२) संसोधन गर्ने सम्बन्धमा ।

ख) सर्वसाधारणमा शेयर निस्काशन गर्ने सम्बन्धमा ।

ग) प्रबन्धपत्र तथा नियमावलीमा नियमनकारी निकायबाट कुनै फेर-बदल, थप-घट वा संसोधनको लागि निर्देशन भइ आएमा सोही बमोजिम गर्न गराउन संचालक समितिलाई अख्तियारी दिने सम्बन्धमा ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved