नेशनल हाइड्रोले एजीएम गर्न २५ प्रतिशत शेयरधनी पनि जुटाउन सकेन, तेस्रो पटक मिति प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 26, 2024 | 09:32:26 AM मा प्रकाशित

laxmi  sunrise bank

नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले तेस्रो पटक साधारणसभाको लागि नयाँ मिति प्रस्ताव गरेको छ। पहिलो र दोस्रो पटक साधारणसभा आह्वान गर्दा गणपुरक संख्या नपुगेपछि कम्पनीले तेस्रो पटक साधारणसभा आह्वान गरेको हो

कम्पनीले फागुन ३० गते काठमाडौँको बालुवाटार स्थित डेलिश ओपेरा रेश्ट्रोमा सभा आह्वान गरेको छ । साधारणसभा बिहान ११ बजेको लागि तय भएको छ।

कम्पनीले सुरुमा मङ्सिर २२ मा साधारणसभा आह्वान गरेको थियो । तर सो दिन उक्त सभा सञ्चालन गर्नको लागि गणपुरक संख्या कम्पनीको नियमावलीको नियम १६ ( ख ) र कम्पनी ऐन २०६३ को दफा ७३ (२) बमोजिम उपस्थित शेयरधनीहरूको गुणपुरक संख्या नपुगी स्थगित भएको थियो 

कम्पनीले त्यसपछि पुस ६ गते  साधारणसभा आह्वान गरेको थियो । पुस ६ गते पनि साधारणसभा गर्नको लागि सभा सञ्चालन गर्नको लागि गणपुरक कम्पनी ऐन २०६३ को दफा ७३ (३) बमोजिम २५ प्रतिशत गणपुरक संख्या पनि साधारणसभा स्थगित भएको थियो

२ पटक गणपुरक संख्या नपुगेर साधारणसभा स्थगित भएपछि कम्पनीले कम्पनी रजिष्ट्रार कार्यालयलाई पत्राचार गरेको थियो । कम्पनी रजिष्ट्रारको कार्यालयले शेयरधनीहरूलाई प्रयाप्त सूचना दिई न्यूनतम २५ प्रतिशत गणपुरक संख्या पुऱ्याई यथासिघ्र साधारणसभा सम्पन्न गरी कम्पनी अध्यावधिक गर्न फागुन ९ मा कम्पनीलाई निर्देशन दिएको छ। सोहि अनुसार कम्पनीले फागुन ३० गते साधारणसभा आह्वान गरेको हो 

हाइड्रो कम्पनीमा लकिङ अवधि समाप्त हुना साथ् संस्थापक शेयरधनीहरु शेयर बेचेर बाहिरिने प्रवृति बढेपनि संस्थागत सुशासन कमजोर भएका हाइड्रोलाई साधारणसभा गर्न २५ प्रतिशत शेयरधनी जुटाउन पनि हम्मे हम्मे पर्ने गरेको छ । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved