लोअर इर्खुवा हाइड्रोले माग्यो आईपीओ निष्काशन अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 03, 2024 | 01:46:39 PM मा प्रकाशित

laxmi  sunrise bank

लोअर इर्खुवा हाइड्रोपावरले आईपीओ निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले फागुन ११ गते बोर्डमा आवेदन दिएको हो ।

कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई गरि कुल २८ लाख ५ हजार ७ सय ५० कित्ता शेयर निष्काशन गर्न लागेको हो । कम्पनीले प्रति कित्ता १०० रुपैयाँमा शेयर निष्काशन गर्न लागेको हो । कम्पनीले शेयर निष्काशनको लागि मुक्तिनाथ क्यापिटललाई बिक्री प्रबन्धक चयन गरेको छ । नेपाल धितोपत्र बोर्डले स्वीकृति प्रदान गरेपछि कम्पनीले आईपीओ निष्काशन गर्ने छ । 

कम्पनीले भोजपुर जिल्लाको षडानन्द न.पा र साल्पा सिलिचों गाउँपालिकामा १३ मेगावाट क्षमता भएको लोअर ईर्खुवा जलबिद्युत आयोजनाको निर्माण गरिरहेको छ । कम्पनीमा नेशनल हाइड्रोपावर (एनएचपीसी) कम्पनीको समेत लगानी छ ।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved