निरन्तर बढ्दै घरजग्गा कारोबार, माघमा यस वर्षकै धेरै किनबेच

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 13, 2024 | 02:19:23 PM मा प्रकाशित

laxmi  sunrise bank

रियलस्टेट कारोबार बढ्दो क्रममा देखिएको छ। पछिल्ला महिनाहरूमा क्रमशः सुधार देखिएको घरजग्गा कारोबार माघ महिनामा पनि बढेको छ । 

भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक अनुसार माघ महिनामा देशभरका मालपोत कार्यालयबाट ४९ हजार २९० वटा लिखत पारित भएको छ । माघमा चालु आर्थिक वर्षकै सबैभन्दा बढी जरजग्गा किनबेच भएको हो । पुसको तुलनामा माघ महिनामा ४ हजार १३ वटा लिखत पारित बढेको छ । 

साउनमा ४९ हजार २६३, भदौमा ३५ हजार ६८६, असोजमा ३९ हजार ७९३, कात्तिकमा २६ हजार ४६, मंसिरमा ४१ हजार ८५१ र पुसमा ४५ हजार २७७ लिखत पारित भएकोमा माघमा बढेर ४९ हजार २९० पुगेको हो । माघमा घरजग्गा किनबेचबाट ३ अर्ब ७१ करोड राजस्व संकलन भएको छ । यस्तो राजस्व पुस महिनामा ३ अर्ब २० करोड संकलन भएको थियो । 

माघ महिनामा भएको घरजग्गा कारोबारको क्षेत्रगत विवरण हेर्दा तराइका जिल्लामै बढी कारोबार भएको छ । मघमा जनकपुर मालपोत कार्यालयबाट सबैभन्दा धरै २ हजार ९२ वटा लिखत पारित भएको छ। मालपोत कार्यालय इनरुवाबाट २ हजार ३२, मालपोत कार्यालय भद्रपुरबाट १ हजार ९ सय, मालपोत कार्यालय बेलबारीबाट १ हजार ६८३, मालपोत कार्यालय राजविराजबाट १ हजार ४ सय, मालपोत कार्यालय जलेश्वरबाट १ हजार २९२, मालपोत कार्यालय सिराहबाट १ हजार ११३, मालपोत कार्यालय मलंगवाबाट १ हजार ८० र मालपोत कार्यालय पर्साबाट १ हजार ६७ वटा लिखत पारित भएको छ ।

काठमाडौँ उपत्यकामा मालपोत कार्यालय भक्तपुरबाट सबैभन्दा धेरै ९९५ वटा लिखत पारित भएको छ । मालपोत कार्यालय लगनखेलबाट ९२७, मालपोत कार्यालय कलंकीबाट ६६७, मालपोत कार्यालय चाबहिलबाट ४४७, मालपोत कार्यालय साँखुबाट ४०८, मालपोत कार्यालय मनमैजुबाट ३०९ र मालपोत कार्यालय डिल्लीबजारबाट २०६ वटा लिखत पारित भएको छ ।

कित्ताकाट खुकुलो, घरजग्गा कर्जामा राष्ट्र बैंकले लिएको लचक नीति, बैंकिङ प्रणालीमा बढिरहेको तरलता, घट्दो ब्याजदरले पछिल्लो समय घरजग्गा कारोबार बढ्नुमा मद्दत गरिरहेको व्यवसायीहरु बताउँछन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved