वेस्टर्न युनियनबाट पैसा पठाउँदा होमा देवीले जितिन् १० गुणा रकम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 03, 2023 | 08:17:55 PM मा प्रकाशित

laxmi  sunrise bank

वेस्टर्न युनियन मनी ट्रान्सफरका प्रमुख एजेन्टहरुले आफ्नो दशैँ लक्षित “दशैँमा १० गुणा”अभियानको विजेता सार्वजनिक गरेका छन् । यस अभियानको बिजेता बन्दै  इटहरीकी होमा देवी पान्डेले बम्पर लक्की ड्र मार्फत प्राप्त कारोबार रकमको दश गुणा रकम जितेकी छन् । 

वेस्टर्न युनियनका सुपर एजेन्टहरु, एटीटी रेमिट, सीजी फिन्को, डिजिटेक, हुलास रेमिट्यान्स, माया रेमिट, नबिल बैंक र सूर्य रेमिटका प्रतिनिधिहरुका बीच काठमाडौँमा आयोजित कार्यक्रममा विजेताको नाम घोषणा गरिएको हो ।

नेपालमा सत्ताइस वर्षभन्दा बढी समयदेखि रेमिट्यान्स सेवा प्रदान गर्दै आएको वेस्टर्न युनियनले दशैँ, तिहार र छठलाई लक्षित गरी “दशैँमा १० गुणा”अभियान शुरु गरेको थियो । बम्परमा प्राप्त रकमको १० गुणा बाहेक, आठ हप्तासम्म ६४ भाग्यशाली ग्राहकहरुले कारोबार रकमको दुई गुणा जित्ने मौका पनि प्राप्त गरेका थिए । 

नेपालकै पहिलो रेमिट्यान्स सेवा प्रदायक वेस्टर्न युनियन मनी ट्रान्सफरले  नेपालीहरुलाई  सन् १९९६ देखि विश्वका २०० भन्दा बढी देश र क्षेत्रहरुबाट पैसा प्राप्त गर्ने सेवा प्रदान गर्दै आएको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved