युनाइटेड फाइनान्सलाई फाफ्यो भारतको मुथुडको प्रवेश, देखियो नाफामा उल्लेख्य प्रगति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 18, 2019 | 07:03:36 AM मा प्रकाशित

laxmi sunrise bank

युनाइटेड फाइनान्स United Finance Limited ले गत आर्थिक बर्ष उल्लेख्य प्रगति गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ। गत आर्थिक बर्षको तुलनामा फाइनान्सले करिब ७१ प्रतिशतले बढाएर १० करोड ९४ लाख खुद मुनाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक बर्ष फाइनान्सको खुद मुनाफा ६ करोड ४१ लाख थियो। 

यस अवधिमा फाइनान्सको मुख्य आम्दानीको स्रोत मानिने खुद ब्याज आम्दानी २२ करोड ७२ लाखबाट बढेर ३१ करोड २० लाख पुगेको छ। बैदेशिक रणनैतिक साझेदार भित्राउने रणनीति अनुसार युनाइटेड फाइनान्समा भारतको कोचि प्रदेशमा रहेको मुथुड फाइनान्सको प्रवेश फापेको छ। मुथुड फाइनान्स ९० रुपैयाँ प्रिमियम सहित एक सय ९० रुपैयाँ प्रति कित्ताका दरले २० दशमलब ७८ प्रतिशत सेयर स्वामित्व लिएर युनाइटेड फाइनान्समा प्रवेश गरेको हो। 

यस अवधिमा फाइनान्सको चुक्ता पुंजी १ अर्ब १ करोड पुगेको छ भने जगेडा कोषमा ४८ करोड २१ लाख छ। यस अवधिमा फाइनान्सले ६ अर्ब ५५ करोड निक्षेप संकलन गरि ६ अर्ब ८ करोड कर्जा प्रवाह गरेको छ। अघिल्लो आर्थिक बर्ष ५ अर्ब ९९ करोड निक्षेप संकलन गरि ५ अर्ब ३१ करोड कर्जा प्रवाह गरेको थियो। 

यस अवधिमा फाइनान्सको प्रति सेयर आम्दानी १० रुपैयाँ ८३ पैसा, प्रति सेयर नेटवर्थ १४७ रुपैयाँ ७२ पैसा र मुल्य आम्दानीको अनुपात १७ रुपैयाँ ७२ पैसा छ। फाइनान्सले अघिल्लो आर्थिक बर्षको कमाईबाट गत बर्ष १९ प्रतिशत बोनस शेयर दिने घोषणा गरेको थियो। 


Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved