नारायणी डेभलपमेन्ट बैंकले निष्काशन गरेको हकप्रदमा आवेदन दिने आज फागुन ३ गते अन्तिम दिन रहेको छ । बैंकले माघ १३ गतेदेखि १:१ को अनुपातमा शतप्रतिशतले हुन आउने ६ करोड ५६ लाख १६ हजार ९ सय रुपैयाँ बराबरको ६ लाख ५६ हजार १ सय ६९ कित्ता हकप्रद शेयर निष्काशन गरेको हो ।
बैंकले हकप्रद शेयर निष्काशनको लागि पुस २९ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेकोले पुस २८ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रद शेयरमा आवेदन दिन सक्ने छन् । हकप्रद निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।
नेपाल धितोपत्र बोर्डले बैंकलाई पुस २० गते शेयर निष्काशनको अनुमति दिएको हो । हकप्रद निश्काशन पश्चात बैंकको चुक्ता पूँजी १३ करोड १२ लाख पुग्नेछ । बैंकले यस पश्चात फेरी २ सय प्रतिशत हकप्रद निष्काशनको तयारी गरेको छ ।