पोखराको बिरौटामा कैलाश विकास बैंकको शाखा कार्यालय संचालनमा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 31, 2016 | 08:58:42 PM मा प्रकाशित

laxmi  sunrise bank

कैलाश बिकास बैंकले पोखराको बिरौटामा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ। नेपाल राष्ट्र बैंकका डेपुटीगभर्नर शिवराज श्रेष्ठले ३७ औ शाखा कार्यालयको रुपमा संचालनमा ल्याइएको सो शाखाको उद्घघाटन गरे। 

सो अवसरमा बैंकले छिट्टै नै पोखराको बगरमा अर्को नयाँ शाखा कार्यालय संचालनमा ल्याउने तयारी गरेको बताइएको छ। सो शाखा कार्यालयबाट स्थानीय बासिन्दाले सम्पूर्ण बैंकिंग सेवा प्राप्त गर्ने छन। 

राष्ट्रिय स्तरको कैलाश विकास बैंकले गत आर्थिक बर्षमा ४४ करोड नाफा आर्जन गरेको थियो। त्यस्तै बैंकले गत आर्थिक बर्षमा १५ अर्ब ६ करोड निक्षेप संकलन गरी १३ अर्ब ५० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। 

राष्ट्र बैंकको निर्देशन अनुसार बैंकले २०७४ असार मसान्तसम्म चुक्ता पुंजी २ अर्ब ५० करोड रुपैयाँ पुर्याउनु पर्ने छ। हाल बैंकको चुक्ता पुंजी १ अर्ब ५८ करोड रुपैयाँ रहेको छ। 

देश भरका ३७ शाखा कार्यलय मार्फत बैंकले आफ्ना ग्राहकहरुलाई इन्टरनेट बैंकिङ्ग, एसएमएस बैंकिङ्ग, मोबाईल बैंकिङ्ग सुविधा उपलब्ध गराउदै आएको छ। साथै बैंकले १७ वटा एटीएमबाट सेवा प्रदान गर्दै आएको छ। 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved