माछापुछ्रे बैंकको भिसा क्रेडिट कार्ड सेवा सुरु, भारतमा पनि प्रयोग गर्न सकिने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 03, 2016 | 10:01:07 AM मा प्रकाशित

laxmi  sunrise bank

माछापुछ्रे बैंक लिमिटेडले भिसा क्रेडिट कार्ड प्रयोगमा ल्याएको छ। नेपाल र भारतका भिसा कार्ड स्विकार गर्ने सबै एटिएम र व्यापारिक केन्द्रहरुमा यो कार्ड सहज रुपमा प्रयोग गर्न सकिने बैंकले जनाएको छ ।

ग्राहकलाई थप सेवा र सुविधाका लागी बैंकले सिमित अवधिका लागी कार्ड सदस्यता शुल्कमा ५० प्रतिशत छुट दिएको छ। साथै, ५ वा ५ भन्दा बढीले सामुहिक रुपमा आवेदन दिएमा सदस्यता शुल्कमा शतप्रतिशत छुट दिने बैंकले जनाएको छ। 

बैंकले ल्याएको भिसा क्रेडिट कार्डको सेवा बैंकका ५६ वटै शाखाहरुबाट उपलब्ध हुने बैंकले बताएको छ। बैंकका क्रेडिट कार्ड ग्राहकहरुलाई नेपाल स्थित बिभिन्न ब्यापारिक केन्द्रहरुमा छुटको ब्यबस्था समेत गरिएको छ। बैंकले निकट भविष्यमै भिसा डलर प्रिपेड कार्डजारी गर्ने योजना रहेको जानकारी दिएको छ। 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved