एनएमबिले ल्यायो ‘एक घर एक खाता’ योजना, राजेश हमाल प्रर्वधक दुत

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 15, 2016 | 04:04:08 PM मा प्रकाशित

laxmi  sunrise bank

हरेक नेपालीको बैंकमा एक खाता तथा सरल वित्तीय पहुँच होस् भन्ने लक्ष्य सहित एनएमबि बैंकले ‘एक घर एक खाता’ योजनाको  प्रर्वधक दुतका रुपमा अभिनेता राजेश हमाललाई नियुक्त गरेको छ ।

बैंकले यो योजनाको प्रथम चरण गत साउनबाट शुरु गरेको भएपनि अहिले देशव्यापी बनाउने रणनीति अनुसार प्रर्वधक दुतका रुपमा अभिनेता राजेश हमाललाई नियुक्त गरेको जनाएको छ।

प्रर्वधक दुत नियुक्ती कार्यक्रममा बैंक प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौडेलले नेपाली सिने क्षेत्रका महान् अभिनेता राजेश हमाललाई यस योजनाको प्रर्वधक दुतका रुपमा नियुक्त गर्न पाउँदा खुसी लागेको बताए । 

हमालको लोकप्रिय छविले यस अभियानको उद्देश्य पुरा हुनेमा बिश्वास बिश्वास रहेको उनले बताए। योजना सफल वनाउन हमाललाई गाउँगाउँमै लगेर खाता खोल्ने तथा बचतको बानी बसाल्ने योजना रहेको उनले कार्यक्रममा बताए।  ‘यसले वित्तीय साक्षरता बढ्ने तथा बचत गर्ने बानी बस्ने समेत बैंकले बिश्वास लिएको छ ।’  प्रमुख कार्यकारी अधिकृत पौडेलले भने। 


सो अवसरमा  प्रमुख कार्यकारी अधिकृत पौडेलले सरकारले लिएको हरेक व्यक्तिको अनिवार्य बैंक खाताको अभियानमा आफुले सुझाब दिएको बताए। यो योजनाबारे नेपाल राष्ट्र बैंकका गर्भनर डा चिरिन्जीबी नेपालसंग सबै भन्दा पहिले आफुले छलफल गरेको बताउदै उनले सबै यो  योजना लागु गर्ने स्थितीमा रहेको बताए। 

त्यस्तै भूकम्प पिडितलाई उनीहरुको क्षमता हेरेर ऋण प्रवाहका लागी कुनै अवरोध नरहेको उनले बताएका छन। ऋण तिर्न सक्ने स्थितिमा रहेका भूकम्प पिडितहरुलाई बिना धितो ऋण उपलब्ध गराउन सबै शाखा कार्यालयहरुलाई निर्देशन दिएको प्रमुख कार्यकारी अधिकृत पौडेलले जनाए।  

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved