बढ्यो सुनचाँदीको मूल्य

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 19, 2016 | 11:54:25 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको दोस्रो दिन सोमबार सुनचाँदीको मूल्य बढेको छ। आइतबारको कारोबारमा प्रति तोला ५८ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा २ सयले बढेर प्रति तोला ५८ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छ।

त्यस्तै तेजावी सुन प्रति तोला ५८ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ। चांदी प्रति तोलामा १० रुपैयाँले बढेर ८ सय ६५ रुपैयाँमा कारोबार भैरहेको छ।

नेपाल सुनचांदी ब्यबसायी महासंघले सोमबारको कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ४९ हजार ९ सय ८५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ४९ हजार ७ सय ७० रुपैयाँमा कारोबार भईरहेको छ। त्यस्तै १० ग्राम चांदीको मूल्य ७ सय ४१ रुपैयाँ ५० पैसा कायम गरिएको छ।  
 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved