नेपाल र श्रीलंकाबीच सिँधा हवाई सम्पर्क सुरु गर्दै हिमालयन एयरलाइन्स, यस्तो छ भाडादर

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 20, 2016 | 06:17:31 PM मा प्रकाशित

laxmi  sunrise bank

अहिलेसम्म ट्रान्जिट बनाएर आवतजावत गर्नु पर्ने नेपाल र श्रीलंकाबीचमा सिधा हवाई सम्पर्क स्थापना हुने भएको छ। तिब्बत एयरलाइन्सको लगानी समेत रहेको हिमालय एयरलाईन्सले दोस्रो गन्तब्यको रुपमा असोज १५ देखि कोलम्बोमा उडान भर्ने निर्णय गरेसंगै नेपाल श्रीलंकाबीचको सिधा हवाई सम्पर्क सम्भब भएको हो।

एयरबस ३२० सिरिजको नाइन एन एएलएएन कलसाईन भएको हिमालय जहाजले  यसअघि कतारको दोहामा दैनिक उडान भर्दै आएकोमा अक्टोबर  १ अर्थात असोज १५ देखि हप्तामा ३ दिन श्रीलंकामा उडान गर्ने कमर्सियल महाप्रवन्धक राजु केसीले जानकारी दिएका छन। उनले दिएको जानकारी अनुसार मंगलबार, बिहीबार र शनिबार बिहान साढे ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने छ। सवा ३ बजे श्रीलंकाको राजधानी कोलम्बोमा विमान पुगी पुनः सवा ४ बजे त्यहाँबाट उडान भरि सवा ८ बजेतिर विमान काठमाडौं आउने छ। 

१ सय ५८ सिट भएको उक्त बिमानमा ‘इकोनोमिक क्लास’को लागि एकतर्फी भाडा २९ हजार १ सय ९१ रुपैयाँ र राउण्ड ट्रिपका लागि ५० हजार ४१ रुपैयाँ तोकिएको छ।   


 
त्यस्तै विजनेस क्लासको टिकटको लागि एकतर्फी ४९ हजार ३ सय १९ र राउन्ड ट्रिपको लागि ८२ हजार रुपैयाँ निर्धारण गरिएको छ। 

हिमालयन एयरलाइन्सले नेपाल र श्रीलंकाबीचमा सिधा हवाई सम्पर्क स्थापना गर्दा यात्रीहरुहरु समय र पैसा दुवै बचत हुने हिमालयका उपाध्यक्ष विजय श्रेष्ठले बताएका छन। अहिले नेपालबाट श्रीलंका जान मात्रै प्रति व्यक्ति ८२ हजार रुपैयाँ खर्च हुने गरेको छ। त्यस्तै विभिन्न देशमा ट्रान्जिट बनाउनु पर्ने भएकाले नेपाल आइपुग्न झन्डै ८ घण्टा लाग्ने बताइएको छ।  

धार्मिक र ब्यापरिक हिसाबले श्रीलंकाबाट आउने प्रयटकको संख्या बढ्दो क्रममा रहेको छ। ब्यापार मात्रै नभई यसको सम्बन्ध सिधै पर्यटनसँग हुने भएकाले दोस्रो गन्तव्य कोलेम्बो भएको जनाइएको छ।    


 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved