कमल ज्ञवाली दम्पतीलाई ३ वर्ष जेल र साढे १२ करोड जरिवाना, अन्य ५ लाई २ बर्ष जेल सजाय

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 21, 2016 | 09:20:22 AM मा प्रकाशित

laxmi  sunrise bank

तत्कालिन किष्ट बैंकका प्रबन्ध संचालक कमलप्रसाद ज्ञवालीलाई बैंकिङ कसूरमा दोषी ठहर गर्दै ३ वर्ष जेल र १२ करोड ७० लाख रुपैयाँ जरिवाना तोकिएको छ। पुनरावेदन अदालत पाटनले ज्ञवाली सहित उनकी श्रीमती गौरी खनाललाई ३/३ वर्ष जेल सजाय र ६ करोड २५ लाख/६ करोड २५ लाख रुपैयाँ बिगो जरिवानाको फैसला सुनाएको हो।

कमल ज्ञवाली, सिईओ, तत्कालिन किष्ट बैंक

न्यायाधीशद्धय डिल्लीप्रसाद आचार्य र प्रमोदकुमार श्रेष्ठको संयुक्त इजालसले कर्जा प्रकरणमा संलग्न सिद्धार्थ डेभलपमेन्ट बैंकका कोमानन्द अधिकारीलाई ४ वर्ष जेल र ५ करोड ७४ लाख रुपैयाँ बिगो र धितो मुल्यांकनकर्ता किशोर ढकाललाई ४ वर्ष जेल र ५० लाख रुपैयाँ बिगो जरिवानाको फैसला सुनाएको छ। 

करीब अढाई बर्षअघि दायर सोही मुद्दामा संलग्न प्रमाणित अन्य प्रतिबादीहरु शेखर अर्याल, मधुसूदन सिलवाल, रमेशकुमार शर्मा, दीपेन्द्र कार्की र केपी शर्मालाई जनही २, २ वर्षका दरले कैद सजाय  सुनाइएको छ। तर अन्य प्रतिवादीहरु मोतीराज ज्ञवाली, मदनबहादुर बस्नेत, अञ्जु पाण्डे पोख्रेल, गंगाबहादुर जीसी, विदुर ज्ञवाली, धु्रव कार्की र देवकी बस्ताकोटी ढकालले सोहि इजलासबाट सफाई पाएका छन। 

जम्को प्रकाशनको नाममा सिद्दार्थ डेभलपमेन्ट बैंकबाट साढे १२ करोड रुपैयाँ ऋण लीई सो कर्जा अपचलन गरेको अभियोगमा दोषी ठहर गरिएका ज्ञवाली दम्पती भने फरार छन। ६ करोड पर्ने सम्पतीलाई धितो राखेर त्यसको ३ गुणा बढी कर्जा लिएर सो पैसा घर जग्गा लगायतमा लगानी गरी दुरुपयोग गरेको पाइएपछि अदालतमा मुद्दा दायर गरिएको हो। 

किष्ट बैंकलाई गाभेको साबिकको प्रभु बैंकले फरार कमल ज्ञवालीको नाममा रहेको सेयर बेचेर सावाँ-व्याजसहित २३ करोड रुपैयाँ असूल गरिसकेको छ। प्रभु समूहले तत्कालिन किष्ट बैंकलाई आफुमा गाभेर किष्टलाई ठुलो दुर्घटना हुनबाट जोगाएको थियो।      

   

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved