रोयल इन्फिल्डको ‘हिमालयन’ बाइक सार्वजनिक, यस्ता छन् बिशेषता (फोटोफिचर)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 22, 2016 | 06:56:59 PM मा प्रकाशित

laxmi  sunrise bank

पहाडी र हिमाली क्षेत्रलाई लक्षित गर्दै रोयल इन्फिल्डले नेपालमा ‘हिमालयन’ बाइक सार्वजनिक गरिएको छ। नक्सालमा एक कार्यक्रम आयोजना गर्दै कम्पनीले बाईक सार्वजनिक गरेको हो। 

नेपाली बजारमा सार्वजनिक गरिएको रोयल इन्फिल्डको मूल्य ५ लाख ६१ हजार रुपैयाँ तोकिएको छ। यसमा १५ लिटर पेट्रोल क्षमताको ट्यांकी रहेको छ।। १५ लिटर पेट्रोलले यो बाइक ४ सय किलोमिटर कुदाउन सकिने कम्पनीको दाबी छ। 

६० बर्षको अनुभबको आधारमा नेपालको पहाडी क्षेत्रको उकालो र ओरालोमा कुदाउन लायकको बाइक तयार गरिएको कम्पनीले जनाएको छ। हिमालयन बाइक नाम दिईएको रोयल इन्फिल्डमा एल एस ४११’ इन्जिन क्षमता रहेको छ।  

    

सर्वसाधारणले असोज ६ देखि नै कम्पनीको शो रुम नक्साल र बालकुमारीबाट बुकिङ गर्न सक्ने छन। हाल ग्रेनाइट र स्नो गरी २ रंगका हिमालयन बाइक मात्र उपलब्ध रहेको कम्पनीले जनाएको छ। नेपाली बजारमा सन २००२ बाट नै रोयल इन्फिल्डका बाइकहरु कुद्न थालेका हुन।  कम्पनीका सेल्स एण्ड स्पेयर सर्भिस प्रमुख सादिकोसीकाले यो मोटरसाइकलले नेपालको पर्यटनमा समेत टेवा पुग्ने बताए। 
  
यस्ता छन फिचर:

इन्जिनः ४११ सिसि, एयर कुल्ड, सिंगल सिलीण्डर
अधिक शक्तिः २४.५ बीएचपी 
अधिक टर्कः ३२ एनएम
टायरः अगाडि २१ इन्च, पछाडि १७ इन्च
इन्धन ट्याङ्की : १५ लिटर
ग्राउण्ड क्लियरेन्सः २२० मिमि

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved