टाटा मोटर्सको नयाँ शोरुम नारायणगढमा 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 23, 2016 | 04:06:02 PM मा प्रकाशित

laxmi  sunrise bank

टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले नारायणगढमा नयाँ शोरुम खोलेको छ। नेपालमा टाटा प्यासेन्जर भेहिकल अन्तर्गत १७ औ आउटलेटका रुपमा ‘आर.बि. मोटर्स’ नामको शोरुम खोलिएको सिप्रदीले जनाएको छ। 

नयाँ शोरुम संचालनमा आएसंगै टाटा मोटर्सको नयाँ स्पोर्टी ह्याचब्याक टियागो कार नारायणगढको बजारमा भित्रिएको छ। नेपाली बजारमा स्पोर्टी ह्याचब्याक टियागो कारको न्युनतम मूल्य २२ लाख ५५ हजार तोकिएको कम्पनीले जनाएको छ।  
 
सो कार नयाँ रिभोटर्न १.२  लिटर पेट्रोल इन्जिनमा उपलब्ध छ। १. २ लिटर इन्धनले कार २३. ८४ किलोमिटर कुद्ने कम्पनीको दावी छ। ३ वटा डाइनामिक भेरियन्टमा उपलब्ध कार ६ वटा रङ्गहरु स्ट्राइकर ब्लू, बेरी रेड, सनब्रस्ट अरेन्ज, एक्प्रेसो ब्राउन, पर्लसेन्ट ह्वाइट र प्लाटिनम सिल्भरमा उपलब्ध रहेको छ। 


 
सो अवसरमा सिप्रदी सिइओ राजेशप्रसाद गिरीले आफ्ना ग्राहकहरुलाई नयाँ एवं उत्कृष्ट उत्पादन प्रदान गर्ने प्रतिबद्धता पुरा गर्न नयाँ कार नारायणगढ बजारमा ल्याएको बताए। 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved