लक्ष्य भन्दा बढी कारोबार गर्दै १०औ गोदावरी मेला सम्पन्न (फोटो फिचर)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 29, 2016 | 08:03:00 PM मा प्रकाशित

laxmi  sunrise bank

लक्ष्य भन्दा बढीको कारोबार गर्दै गोदावरी मेला सम्पन्न भएको छ। ४ दिनसम्म चेल्को मेलामा ३६ हजार अवलोकनकर्ताबाट झन्डै ३८ लाख रुपैयाँको कारोबार भएको फ्लोरिकल्चर एशोसिएसन नेपालका उपाध्यक्ष तथा मेला संयोजक रामजीप्रसाद तिमिल्सेनाले जानकारी दिएका छन। 

फ्लोरिकल्चर एसोशिएसन नेपालको आयोजना तथा नेपाल सरकार कृषि बिकास मन्त्रालयको सहयोगमा कार्तिक १० गतेबाट आयोजना भएको गोदावरी मेला ३८ लाखको कारोबार गर्दै सकिएको हो।

ललितपुरको जावलाखेल खेल मैदानमा ४ दिन सम्म चलेको १०औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीमा गत बर्षहरुमा भन्दा राम्रो कारोबार भएको मुस्कान नर्सरीका संचालक तथा फ्यान सदस्य महेन्द्र सुवेदीले बताएका छन्। उनले गोदावरी, घरभित्र राखिने बिरुवार फलफूलका बिरुवाको कारोबार धेरै भएको बताए।

फ्लोरिकल्चर एसोशिएसन नेपालले हरेक बर्ष गर्ने गोदावरी मेलामा कारोबार र अबलोकनकर्ताहरुको बृद्धि भइरहेकोले पनि फूलमा जनमानसको चासो तथा आकर्षण बढ्दै गइरहेको देखिएको अध्यक्ष कुमार कसजु श्रेष्ठले बताए। दिपावली तथा छठ पर्ब लक्षित गोदावरी मेलामा प्रतिश्पर्धात्मक,सूचनामुलकतथा व्यवसायीक स्टलगरि ४२ वटास्टल रहेका थिए।

मेलामा सहभागी व्यवसायीवीच इन्कर्भ,रिफ्लेक्स,स्पाइडर,मिनियचर र गोदावरीको कटफ्लावर बिधामा प्रतिश्पर्धा गराइ बिजयी हुनेलाई नगद, शील्ड तथा प्रमाणपत्र प्रदान गरिएको थियो। रोपेर फूल गोदावरी,सजाऔं घरआँगन वरिपरि भन्नेमुल नाराकासाथ मेला आयोजना गरिएको र फ्यानको मुख्य उद्येश्य तिहारपर्बको आकर्षणको रुपमा रहेकोगोदावरी फूलको ब्यबसाय प्रवद्र्धन गर्नुरहेको थियो ।

आर्थिक बर्ष २०७२÷७३ मा १ अर्ब ३४ करोडको कारोबार गर्न सफल पुष्पब्यबसायले ४१ हजार भन्दाबढीलाई रोजगारी प्रदान गरिरहेको र ३९ जिल्लामा यसको कारोबार भइरहेको छ ।

''

 

 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved