ऋण खोजेर लघुजलविद्युत् आयोजना पुनःनिर्माण

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 02, 2016 | 01:51:46 PM मा प्रकाशित

laxmi  sunrise bank

गोरखाको लापु गाविसका स्थानीयवासीले भूकम्पले गर्दा क्षति पुगेको नौलीखोला पहिलो लघुजलविद्युत् आयोजना ऋण खोजेर पुन निर्माण गरेका छन् ।

पाँच-पाँच हजारका दरले स्थानीयवासीले पैसा जुटाएपछि १० किलोवाट क्षमताको लघुजलविद्युत् आयोजनाको मर्मत सम्पन्न भएको उपभोक्ता समितिका सदस्य जीव गुरुङले बताए ।

१८ महिनाअघिको भूकम्पले खोलाबाट आयोजनासम्म पानी ल्याउने कुलो तथा विद्युत्को पावर हाउसमा क्षति पु¥याएको थियो ।

ऋण खोजेको पैसाले आयोजना मर्मत गरेपछि विद्युत् उत्पादन सुरु भएपछि गाउँ उज्यालो भएको गुरुङको भनाइ छ । उक्त विद्युत् लापु गाविसको वडा नं २, ५ र ९ वडाका १०० टहरोमा जडान गरिएको हो ।

विद्युत् सुचारु भएपछि गाउँले खुसी छन् । कुटानीपिसानी गर्न, रेडियो सुन्न, टिभी हेर्न र टेलिफोनका टावर सञ्चालनमा सजिलो भएको छ । त्यस्तै उज्यालोमा बसेर विद्यार्थीले पढ्न पाएका छन् । विद्युत् अवरुद्ध हुँदा मट्टितेल बाल्नुपर्ने बाध्यता थियो भने केही गाउँलेले सल्लाको दियालो बाल्ने गरेका थिए ।

चार लाख लगानी गरी विद्युत् आयोजनाको मर्मत गरिएको हो । जिविस गोरखासँग आयोजना मर्मतका लागि बजेटको माग गरिए पनि नपाएपछि गाउँलेले आफैँ आयोजनाको मर्मत गरेका हुन् । भूकम्पले क्षति पुर्‍याएका ३० भन्दा बढी लघुजलविद्युत् आयोजना बजेट अभावले मर्मत हुन सकेका छैनन् ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved