इजी लिंक रेमिट्यान्स र कृषि विकास बैंकबीच सम्झौता

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 07, 2016 | 10:38:39 AM मा प्रकाशित

laxmi  sunrise bank

इजी लिंक रेमिट्यान्स प्रा.लि. र कृषि विकास बैंक लिमिटेड बीच रेमिट्यान्स भुक्तानी सम्बन्धि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा इजी लिंक रेमिट्यान्सका प्रमुख कार्यकारी अधिकृत डी.पी अर्याल र कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत लिला प्रकाश सिटोैलाले हस्ताक्षर गरेका छन् ।

यो सम्झौतापछि अब विश्वका विभिन्न देशबाट इजी लिंक रेमिट्यान्स मार्फत आएको रकम कृषि विकास बैंकका देशभरी रहेका २४८ शाखाहरुबाट भुक्तानी लिन सकिने भएको छ । सम्झौतापछि इजी लिंक रेमिट्यान्सका प्रमुख कार्यकारी अधिकृत डी.पी अर्याले विदेशबाट पठाएको पैसालाई छिटो छरितो तरिकाले सेवाग्राहीसम्म पु–याउन यो सम्झौताले थप सहज बनाउने जानकारी दिनुभयो ।

इजी लिंक रेमिट्यान्सले विगत १७ बर्षदेखी विश्वका विभिन्न मलुकहरुबाट नेपालमा रेमिट्यान्स भित्रयाइरहेको छ । आफ्ना सेवाग्राहीलाई थप सहज र सुलभ बनाउँदै लैजान देशभरका विभिन्न बैंक तथा वित्तिय संस्थाहरुका साथै नीजि कम्पनीहरुसंग पनि रेमिट्यान्स भुक्तानी सम्झौतालाइ तिब्र पारेको छ । इजी लिंक रेमिट्यान्सले अन्य देशबाट पनि रेमिट्यान्स भित्राउन तिब्र रुपमा अघि बढिरहेको जानकारी दिनुभयो ।

यो सम्झौतासंगै विश्वका विभिन्न मुलकबाट इजी लिंक रेमिट्यान्स मार्फत पठाएको रकम अब इजी लिंक रेमिट्यान्सका २२ सय भन्दा बढी एजेन्ट, सब–एजेन्ट तथा सम्झौता भएका विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट भुक्तानी लिन सकिने कम्पनीका प्रबन्धक दिपेन्द्र खनालले जानकारी दिनु भयो ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved