एनआइसी एसिया बैंकमा रोजगारीको अवसर, स्थानीयलाई प्राथमिकता

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 10, 2016 | 05:45:10 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआइसी एसिया बैंक लिमिटेडले ट्रेनी एसिस्टेन्ट र म्यानेजमेन्ट ट्रेनीका लागि दरखास्त आब्हान गरेको छ। बैंकले देशभर रहेका विभिन्न शाखा कार्यालयहरुका लागि दरखास्त आब्हान गरेको जनाएको छ। 

मेनेजमेन्ट ट्रेनी पदका लागि आबेदन दिने क्यान्डीडेटले  म्यानेजमेन्ट, फाइनान्स, एकाउन्ट तथा सम्बन्धि विषयमा स्नातकोत्तर पहिलो श्रेणीमा उतीर्ण गरेको हुनु पर्ने तथा एसएलसी, प्लस २ र स्नातक तह कम्तीमा ५० प्रतिशत प्राप्तांकसहित उतीर्ण गरेको हुनु पर्ने बैंकले जनाएको छ। यद्दपी  स्नातकोत्तरको अन्तिम वर्षको परीक्षा सकेर नजिताको प्रतिक्षामा रहेकाहरुले समेत आवेदन दिन सक्ने जनाइएको छ। उमेर २८ वर्ष ननाघेको हुनुपर्ने छ। 


त्यस्तै, ट्रेनी एसिस्टेन्टका लागि कुनै पनि विषयमा स्नातक कम्तीमा ५० प्रतिशत प्राप्ताकंसहित उतीर्ण गरेको तथा एसएलसी र प्लस २ मा पनि ५० प्रतिशत प्राप्तांकसहित उतीर्ण गरेको हुनुपर्नेछ । विजनेस, फाइनान्स, एकाउन्ट वा मेनेजमेन्टमा स्नातक गरेकालाई प्राथमिकता दिइने बताइएको छ । उमेर २५ वर्ष ननाघेको हुनुपर्नेछ। स्थानीयलाई बढी प्राथमिकतामा राखिने बैंकले जनाएको छ। 
 
एनआइसी एसिया बैंकमा बैंकिङ करियर बनाउन इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले आगामी २२ नोभेम्बर अर्थात मंसिर ७ गतेभित्रमा अनलाइन एप्लिकेसन दिनुपर्नेछ । आबेदन दिनका लागि यहाँ क्लिक गर्नुहोस।

 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved