आज पनि ह्वात्तै घट्यो सुनको भाउ, जान्नुहोस किन ओरालो लाग्दै छ सुनको मूल्य ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 18, 2016 | 12:00:56 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको अन्तिम दिन शुक्रबार सुनचांदीको मूल्यमा गिरावट आएको छ। बिहिबार प्रति तोला ५५ हजार ६ रुपैयाँमा कारोबार भएको छापावाल सुन आज शुक्रबार तोलामा ६ सयले सस्तिएर प्रति तोला ५५ हजार रुपैयाँमा कारोबार भईरहेको छ। 

त्यस्तै तेजावी सुन प्रति तोला ५४ हजार ७ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ। चाँदी भने तोलामा १० रुपियाँले घटेर प्रति तोला ७  सय ८५  रुपैयाँमा कारोबार भईरहेको छ।    

नेपाल सुनचांदी ब्यबसायी महासंघले शुक्रबारको कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ४७ हजार १ सय ५५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ४६ हजार ९ सय ४० रुपैयाँमा कारोबार भईरहेको छ। त्यस्तै १० ग्राम चांदीको मूल्य ६  सय ७३  रुपैयाँ कायम गरिएको छ।  

केही समय यता ओरालो लागेको सुनको मूल्यमा यो साता उच्च गिरावट आएको छ। अन्तर्राष्ट्रिय बजारमा डलर बलियो हुँदै जाँदा र भारत सरकारले आफ्नो मुद्राको ५ सय र १ हजार रुपैयाँका नोटको कारोवारमा प्रतिवन्ध लगाएसँगै नेपाली बजारमा सुनको मूल्यमा प्रभाब परेको हो। 

अमेरिकामा डोनाल्ड ट्रंपको आगमनसंगै डलर महँगो भएको तथा प्रतिबन्धित भारुको असरका कारण सुनको मूल्य ओरालो लागेको नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष मोहन सुनुवारले बताएका छन। भारत सरकारले लगाएको भारुको प्रतिवन्धले नेपाली बजारमा झन ठूलो असर पुर्याएको उनले बताएका छन।    
 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved