एक अर्कालाई असफल बनाउने रणनीतिमा दाहाल र ज्ञवाली,  मर्कामा भूकम्प पिडीत

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 18, 2016 | 02:22:07 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र प्रधानमन्त्री पुष्पकमल दाहाल बिचको सितयुद्धले भूकम्प पिडितहरु यो जाडोमा मात्र होइन आउने झरीमा पनि त्रिपालमुनी बस्नुपर्ने आशंका बढेको छ। प्रधानमन्त्री दाहालले प्राधिकरणका कार्यकारी प्रमुख सुसील ज्ञवालीलाई एक रत्ति सहयोग नगरेको खुल्न आएको छ। आफ्नो असहयोगको संकेत बुझेर ज्ञवालीले राजिनामा दिउन भन्ने प्रधानमन्त्री दाहालको चाहना रहेको बुझिएको छ।

अर्कोतिर कार्यकारी प्रमुख ज्ञवाली पनि आफुले काम गरे दाहालले 'जस ' लिने अवस्था आउने हो की भन्ने चिन्ता बाट पिडित छन्। प्रधानमन्त्रि दाहाल र कार्यकारी प्रमुख ज्ञवालीको एकले अर्कालाई असफल  बनाउने  यही रणनीति बीच सर्वसाधारण भूकम्प पिडित भने मारमा परिरहेका छन्। 

दुइ झरी र एक जाडो त्रिपाल मुनिनै बिताएका पिडितहरुले यो जाडो पनि पालमुनिनै कटाउने निश्चित छ। यस्तै प्रक्रिया र ढिलासुस्ती भए आउने झरी पनि त्रिपालमुनिनै नहोला भन्न नसकिने प्राधिकरणका एक सह सचिवले विजपाटीलाई बताए।

प्रधानमन्त्री दाहालले पहिलो किस्ता ४५ दिन भित्र पुर्याउने निर्देशन दिएको ३ महिना पुरा भइसकेको छ। दाहालले हेलिकप्टरबाट भएपनि पहिलो किस्ता पिडितसंग पुर्याउन भनेपनि अझै १० प्रतिशत भूकम्प पिडित उक्त किस्ता बुझ्नबाट बन्चित छन्। 

मुख्य चांडको बेला बाडिएको पहिलो किस्ता समेत सर्वसाधारणले दुरुपयोग गरेकाले दोस्रो किस्ता कसरि बाड्ने भन्ने अन्योलमा समेत प्राधिकरण रहेको छ। सर्वसाधारणको पहिलो गुनासो नै यही हुने गरेको एक सहसचिवले बताए। "पहिलो किस्ताले दशैं मानियो अब के  हुन्छ भनेर सोध्ने नै सबैभन्दा धेरै छन् " उनले भने।

एकातिर बजेट निकासामा प्रधानमन्त्री दाहालले असहयोग गरिरहेका कारण समयमा पहिलो किस्ता पिडित सम्म पुर्याउन अप्ठ्यारो भयो, अर्कोतिर प्राधिकरण प्रमुख ज्ञवालीको अटेरीका कारण पहिलो किस्ता चाडवाडको मुखमा बाडनु पर्यो  ती सहसचिवले बताए।

चाडवाडको मुखमा पैसा हातमा पर्दा, चाडवाड रमाइलो गरि मनाएका सर्वसाधारणले उक्त किस्ताबाट गरिनु पर्ने कुनै काम नै गरेनन । बुझेको पहिलो किस्ता पीडितले घरको जग नराखी अन्य काममा खर्चिएमा दोस्रो किस्ता नपाउने व्यवस्था गरिएको छ। ४ लाख ३१ हजार ३ सय २५ जनाले पहिलो किस्ता प्राप्त गरेका छन।  'अब यो व्यवस्था र स्थानीयको प्रवृति दुवै  आगामी दोस्रो किस्ताका लागि समस्या हुन सक्छ' उनले बताए। 

ज्ञवालीले कुनै पनि हालतमा जस्न नलिउन् भन्ने प्रधानमन्त्री दाहालको चिन्तन, ज्ञवालीको अटेरी प्रवृति  र सर्वसाधारणको सरकारी धन फुर्मासी मनका कारण आउने किस्तामा ढिलाई हुन सक्ने उनले जानकारी दिएका छन्। 'जब दोस्रो किस्ता ढिलो हुन्छ, निर्माणको काम समेत प्रभावित हुन्छ र अर्को झरी पनि यसैगरि बित्न सक्छ' उनले भने ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved