मुलुकको समृद्धिका लागि कृषि कर्जालाई प्रोत्साहन:डेपुटी गभर्नर शिवाकोटी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 10, 2016 | 04:07:17 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैँकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले मुलुकको समृद्धिका लागि कृषि कर्जालाई प्रोत्साहन गरिएको बताएका छन्। 


 
नेपाल बैँक, म्याग्दी शाखाले शनिबार बिहान सदरमुकाम बेनीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने – कृषि क्षेत्रमा लाग्नेलाई प्रोत्साहन गर्न कृषि र विपन्न वर्ग कर्जालाई सरलीकरण गर्ने अभियानमा राष्ट्र बैँक लागेको छ। 
 
नेपालमा उद्योग भन्दा कृषि क्षेत्रमा बढी सम्भावना देखिएकाले उनले बताए। ‘कृषि क्षेत्रको व्यवसायीकरण गर्न सस्तो ब्याजदरमा कृषि र विपन्न कर्जा दिने गरिएको हो, उनले भने- यो क्षेत्रमा हरेकवर्ष लगानी बढाउने नीति ल्याइएको छ।’

अहिले एक करोड रुपैयाँसम्मको कर्जालाई मात्रै कृषि कर्जा मान्ने गरिएकोमा अब त्यस्तो सीमा हटाउन कार्यविधि संशोधनको तयारी उनले जानकारी दिए।

 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved