रञ्जित रायलाई देश निकाला गर्नुपर्ने माग गर्दै परराष्ट्रमन्त्रीलाई ज्ञापनपत्र

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 11, 2016 | 04:42:49 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालका लागि भारतीय राजुद्त रञ्जित रायलाई फिर्ता पठाउन माग गर्दै नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुले परराष्ट्रमन्त्री प्रकाशशरण महतलाई ज्ञापनपत्र बुझाएको छ ।  

अनेरास्ववियुले रञ्जित रायलाई अयोग्य कुटनीतिक घोषणा गरेर  देश निकाला गर्न नसमेट माग गरेको छ  । अनेरास्ववियुले राजदुत रायले संविधान संशोधनको बारेमा अनावश्यक चासो राखेको, निर्देशन दिएको र कुनै एउटा समूहलाई काखी च्यापेर नेपालको सार्वभौमिकतामाथि खलल पुर्‍याएको आरोप लगाएको छ ।  

 भारतीय दूतावासमा बोलाएर नेपाली नेतालाई दिने निर्देशन र दवाब  दिएर नेपालको सार्वभौमसत्ता माथि हस्तक्षेप गरेको भन्दै अनेरास्ववियु यस अघि भरतीय दुतावास पनि घेराउ गरेको थियो ।

ज्ञापनपत्र बुझ्दै परराष्ट्रमन्त्री महतले कसैको खुला हस्तक्षेप मान्य नहुने भन्दै नेपालको आन्तरिक मामलामा कसैको निर्देशन अक्षम्य हुने बताएका थिए । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved