४ सिएनएन हिरोलाई पछि पार्दै पुष्पाले जितिन ‘सिएनएन सुपर हिरो' अवार्ड

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 12, 2016 | 09:11:50 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपालकि चेली पुष्पा बस्नेतले सिएनएन सुपर हिरो अवार्ड जितेकी छिन। अमरिकी टेलिभिजन सिएनएनले ‘सिएनएन हिरो’ अवार्ड स्थापना भएको १० बर्ष पुगेको अवसरमा प्रदान गरेको सो अवार्ड बस्नेतले जितेकी हुन। सिएनएनले सोमबार बिहान एक विशेष कार्यक्रमका बिच बस्नेतलाई सुपर हिरो घोषित गरेको हो ।

सीएनएनले पूर्व सिएनएन हिरो मध्येबाट सुपर हिरो अवार्ड प्रदान गरेको हो । बस्नेतले यसअघिका चार सिएनएन हिरोलाई पछि पार्दै सुपर हिरो अवार्ड हात पारेकी हुन। सुपर हिरोका लागि बस्नेतसँगै फिलिपिन्सका एफ्रेन पेनाफ्लोरिडा, अमेरिकाका चाड प्रेग्राके, अमेरिकाको लस एन्जल्सकी लिज म्याककारट्नी र इन्डोनेशियाकी रोबिन लिम मनोनयनमा परेका थिए ।    

कारागारमा रहेका अभिभावकका बालबालिकालाई काठमाडौंको बुढानीलकण्ठमा प्रारम्भिक बाल विकास केन्द्र खोली आवासीय सुविधासहित शिक्षादीक्षाको व्यवस्था गरेर उल्लेखनीय काम गरेकोमा सिएनएनले बस्नेतलाई सन् २०१२ मा ‘सिएनएन हिरो’ अवार्ड प्रदान गरेको थियो । बस्नेतले अवार्डसँगै ५० हजार डलर पुरस्कार पाएकी छिन। 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved