राप्रपा प्रबेश गर्दै रेखा थापाले भनिन 'राप्रपा नै मेरो पहिलो र अन्तिम पार्टी'

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 12, 2016 | 01:20:07 PM मा प्रकाशित

laxmi  sunrise bank

अभिनेत्री रेखा थापा माओबादी परित्याग गरि कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गरेकी छन् ।

सोमबार बिहान काठमाडौंमा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष थापाले टीका लगाएर अभिनेत्री रेखालाई पार्टी प्रवेश गराएका हुन् । उनीसँगै उनकी आमा सरस्वती थापा पनि राप्रपा प्रवेश गरेकी छन् । 

कार्यक्रममा रेखाले आफु नेपालको राष्ट्रिय झण्डा र राप्रपाको झण्डा ओढेर मर्न चाहेको बताईन । उनले यसअघि आफूले माओवादी पार्टीको सदस्यता नलिएको समेत स्पष्टी पार्दै भनिन 'राप्रपा नै मेरो पहिलो र अन्तिम पार्टी हुने छ' ।

कमल थापाको प्रशंसा गर्दै रेखाले भानिन 'शून्य अवस्थाबाट पार्टीलाई यहाँसम्मल्याउनु चानचुने कुरा होइन। यस्तो काम जो पायो त्यसले सक्दैन, म कमल थापाको क्षमता र दुरदर्शिताको फ्यान हु' । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved