सम्पति विवरण: प्रचण्ड बने सुशील कोइरालापछि कै दोस्रो गरिब प्रधानमन्त्री 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 14, 2016 | 04:33:47 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचन्डसंग कति सम्पति  होला ? जो कोहिको पनि अनुमान हुन्छ "धेरै नै होला" । तर सरकारले सार्बजनिक गरेको प्रधानमन्त्रीको सम्पति विवरण हेरेव्र तपाई छक्क पर्नु हुन्छ ।

प्रचण्डले आफ्नी सम्पति बिवरणमा आफु संग एक कट्ठा जमीन र तीन तोला सुन बाहेक अरु केहि सम्पति नभएको बताएका छन् । यस हिसाबले उनी सुशील कोइराला पछिकै नेपालका गरिब प्रधानमन्त्री बनेका छन्  । पुर्व प्रधानमन्त्री सुशील कोइरालाले आफुसंग ३ थान मोबाइल सेट मात्र भएको सम्पति बिवरण पेश गरेका थिए । 

प्रचण्डले पेश गरेको सम्पति विवरणमा श्रीमती सिता दाहालको नाममा चितवनमा एक कट्ठा जमीन र तीन तोला सुन मात्र भएको उल्लेख गरेका छन् । यी दुवै पैतृक सम्पति रहेको समेत उनले उल्लेख गरेका छन्   ।

सार्बजनिक पद धारण गरेको ६० दिन भित्र सम्पति विवरण बुझाउनु पर्ने भए पनि उनले ४ महिना पछि मात्र सम्पति विवरण सार्बजनिक गरेका हुन्  ।

 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved