नयाँ २० रुपियाँ दरका नोट आजबाट चलनचल्तीमा, यस्ता छन् परिवर्तन 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 16, 2016 | 02:24:05 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले नयाँ २० रूपैयाँको नोट आजबाट चलन चल्तीमा ल्याएको छ । राष्ट्र बैंकले आज एक सूचना जारी गर्दै साविककै आकार तथा रंगमा तर साविक जनावरको चित्रको
सट्टामा बा¥हसिंङ्गेको चित्र रहेको नोट चलनचल्तीमा ल्याएको जानकारी दिएको हो । 

बैंकले ज/१६ ०००००१ देखि ञ/४० ९९९९९९ सम्मको नोट ल्याएको हो  । नोटमा “नेपाल
सरकारको जमानत प्राप्त यसको रुपैंया“ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैंया“ २० रुपैयाँ बिस तुरुन्त पाइने छ ।” भन्ने प्रतिज्ञामूलक वाक्यांश लेखिएको छ ।

के के छन् बिशेषता ? 
नोटको अग्र भागमा ः–

१. नोटको बाया तर्फ सगरमाथाको चित्र रहेको छ ।
२. नोटको दायाँतर्फ लालीगुराँसको पानीछाप रहेको छ ।
३. नोटको तल्लो भागमा गभर्नर डा. चिरंजीबि नेपालको दस्तखत रहेको छ।
४. नोटको तल्लो भागको बोर्डरमा नोटको Series Number  नेपालीमा वि.सं. २०७२ लेखिएको छ।


नोटको पृष्ठ भागमा

१. नोटको मध्य भागमा अंग्रेजीमा NEPAL RASTRA BANK लेखिएको छ ।
२. नोटको मध्य भागमा बा¥हसिंङ्गेको चित्र रहेको छ, यसअघिको २० को नोटमा एउटा मृगको तस्बिर थियो। 
३. नोटको तल्लो भागको बोर्डरमा अंग्रेजीमा RUPEES TWENTY लेखिएको ।
४. नोटको तल्लो भागको बोर्डरमा नोटको Series Number अंग्रेजीमा 2016 A.D. लेखिएको छ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved