बोनस र हकप्रको लागि मंजुश्री फाइनान्सको बुक क्लोज तय

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 18, 2016 | 11:53:57 AM मा प्रकाशित

laxmi  sunrise bank

मंजुश्री फाइनान्स लिमिटेडले बोनस , हकप्रद र साधारणसभा प्रयोजनका लागि सेयरधनीदर्ता पुस्तिका बन्द गर्ने मिति तय गरेको छ। फाइनान्सको पुष १ गते बसेको संचालक समितिको बैठकले पुस २९ गते साधारण सभा गर्ने निर्णय गरेको हो । साधारण सभाले कम्पनीले प्रस्ताव गरेको बोनस र हकपरद पारित गर्ने छ । 

  साधारणसभा, बोनस तथा हकप्रद प्रयोजनको लागि पुष ९ देखि पुष २९  सम्मका लागि फाइनान्सको सेयरधनी दर्ता पुस्तिका बन्द रहने नेपाल स्टक एक्सचेन्जले जनाएको छ। अर्थात् बोनस प्राप्त गर्न र हकप्रद सुरक्षित गर्न यही पुस ८ गतेसम्ममा सेयरधनी  भईसक्नु पर्नेछ । 

फाइनान्सले गत आर्थिक बर्षको कमाईबाट घोषणा गरेको १४ प्रतिशत बोनस तथा कर प्रयोजनका लागि शुन्य दशमलव ७४ प्रतिशत नगद लाभांस प्रस्ताब साधारणसभामा लैजाने भएको छ। कम्पनीको १ सय ७५ प्रतिशत हकप्रद निष्काशनको निर्णय भने अघिल्लो साधारण सभाबाट पारित भई सकको छ  । हकप्रद जारी गर्न धितोपत्र बोर्डले स्वीकृति दिईसकेको छ । एस क्यापिटल हकप्रदक लागि बिक्रि प्रबन्धक नियुक्त भएको छ । 

फाइनान्सले गत आर्थिक वर्षमा ३ करोड ३० लाख ७१ हजार रुपैंया खुद नाफा कमाएको थियो । कम्पनीले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा ९० लाख ४८ हजार रुपैयाँ कमाएको थियो । 

हाल कम्पनीको चुक्ता पूँजी २५ करोड ६ रुपैंया  रहेको छ । बोनस बितरण र १ सय ७५ प्रतिशत हकप्रद निष्काशन पश्चात फाइनान्सको चुक्ता पूँजी ७२ करोड ४३ लाख पुग्नेछ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved