१० प्रतिशत बोनस प्रस्ताव गरेको रुरल माइक्रोफाइनान्सको बुक क्लोज मिति तय 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 18, 2016 | 12:20:38 PM मा प्रकाशित

laxmi  sunrise bank

साधारणसभा प्रयोजनको लागि रुरल माइक्रोफाइनान्स डेभलपमेन्ट सेन्टरले सेयरधनीदर्ता पुस्तिका बन्द गर्ने मिति तय गरेको छ। माइक्रोफाइनान्सको पुस १ गते बसेको संचालक समितिको बैठकले साधारण सभा पुस २७ गते गर्ने निर्णय गरेको हो ।

साधारणसभा प्रयोजनको लागि पुष १२  देखि पुष २७ सम्मका लागि माइक्रोफाइनान्सको सेयरधनी दर्ता पुस्तिका बन्द रहने नेपाल स्टक एक्सचेन्जले जनाएको छ।  माइक्रोफाइनान्सले गत आर्थिक बर्षको कमाईबाट घोषणा गरेको १० प्रतिशत बोनस प्रस्ताब  र १० प्रतिशत नगद लाभाश प्रस्ताव साधारणसभामा लैजाने भएको छ। अर्थात् बोनस प्राप्त गर्न यही पुस ११ गतेसम्ममा सेयरधनी  भईसक्नु पर्नेछ । 

माइक्रोफाइनान्सले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा ३ करोड ९८ लाख खुद नाफा कमाएको थियो ।  हाल कम्पनीको चुक्ता पुंजी ६२ करोड ९२ लाख रहेको छ । बोनस वितरणपछि चुक्ता पुंजी ६९ करोड २१ लाख पुग्ने छ ।  

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved