सुनकोशीमा जिप खस्यो , ४ को मृत्यु

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 18, 2016 | 04:06:43 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौंबाट खोटाङको हलेसी तर्फ जाँदै गरेको जिप सिन्धुलीमा दुर्घटनाग्रस्त हुँदा ४  जनाको मृत्यु भएको भएको छ । बा १२ च ८८ ९७ नम्बरको स्कार्पियो सिन्धुलीको पुर्वमा पर्ने रत्नवती गाबिसमा दुर्घटना भएको हो  । सिन्धुलीका प्रमुख जिल्ला अधिकारी ताराबहादुर ककरीका अनुसार दुर्घटना स्थल सदरमुकामबाट २ घन्टाको दुरीमा पर्दछ  । 

सिन्धुलीका प्रहरी प्रमुख एसपी उमा शंकरका अनुसार दुर्घटनामा ४ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । घाइतेलाई उपचारको लागि घुर्मी पठाईएको छ ।    

गाडीमा ९ जना सवार थिए । गाडी पुरै नदीमा डुबेको छ  । घटनाको विस्तृत बिवरण आउन बाँकी छ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved