दोहोरो अंकले घट्यो बजार, एभरेस्ट बैंकमा आकर्षण कायमै

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 19, 2016 | 03:28:17 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको दोस्रो दिन सोमबार  बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि घटेको छ ।

सोमबारको कारोबारमा नेप्से १६.४७ अंकले घटेर १५१४.८८  को बिन्दुमा पुगेर रोकिएको छ  । आज कारोबारमा आएका सबै सूचक घटेका छन् ।  यस दिन १ सय ३७ कम्पनीका ६ लाख ८९ हजार कित्ता सेयर किनबेचबाट ५६ करोड बराबरको कारोबार भएको छ ।

सोमबारको कारोबारमा सबै भन्दा बढी एभरेष्ट बैंकको १६   करोड ४२   लाख रुपैयाँको कारोबार भएको छ। एभरेष्ट बैंकको बुक क्लोज मिति नजिकिदै गर्दा एभरेस्टमा लगानीकर्ता आकर्षण बढेको हो । एभरेस्टले पुस २३ गते   साधारणसभाका बोलाएको छ र त्यसका लागि पुस ६ गते सेयरधनी दर्ता किताब बन्द हुने जनाएको छ । पुस ५ गतेसम्म शेयर किन्नेले एभरेस्टले प्रस्ताव गरेको ७० प्रतिशत बोनस पाउने हुनाले एभरेस्टको कारोबार उच्च भएको हो ।

अन्य बढी कारोबार हुने कम्पनीहरुमा  बैंक अफ काठमाडौँ लुम्बिनी, सिद्दार्थ बैंक , नेपाल ेएसबीआई बैंक, एनएमबी बैंक प्रमोटर शेयर रहेका छन् । 

सोमबारको कारोबारमा बढी कमाउनेमा एनबी इन्स्योरेन्स,  सम्मिट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक, नमस्ते वित्तीय संस्था, कर्णाली डेभलपमेन्ट बैंक, अल्पाइन डेभलपमेन्ट बैंकका लगानीकर्ता रहेका छन् । 

त्यस्तै सोमबारको कारोबारमा गुमाउनेमा पोखरा फाइनान्स, माछापुच्छ्रे बैंक, अरुण फाइनान्स, मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक, बुटवल पावर कम्पनी रहेका छन् । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved