तिवारीहत्या प्रकरण: घटनामा प्रयोग भएको मोटरसाइकल बरामद, ३ जना प्रक्राउ 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 20, 2016 | 05:55:50 PM मा प्रकाशित

laxmi  sunrise bank

सोमबार युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गाप्रसाद तिवारीको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । साथै प्रहरीले घटनामा प्रयोग भएको बा ५१ प ८०७३ नम्बरको मोटरसाइकल बरामद गरेको छ । मोटरसाइकल देबदहको खैरेनीबाट बरामद भएको हो ।  

घटनापश्चात भित्री बाटोको प्रयोग गर्दै भागेका आक्रमणकारीले मुख्य राजमार्गमा प्रहरी गस्ती देखेपछि मोटरसाइकल स्टार्ट अवस्थामै छाडेर भागेको प्ररम्भिक अनुसन्धानवाट खुलेको प्रहरीले जनाएको छ ।

 

तिवारीलाई सोमबार देबदहको खैरेनीमा मोटरसाइकलमा आएका अज्ञात व्यक्तिले गोली प्रहार गरेका थिए। गोली प्रहारपछि उनलाई देबदह मेडिकल कलेज लगिएकोमा त्यहाँ उनलाई मृत घोषणा गरिएको थियो । 

रुपन्देहीका प्रहरी नायव उपरिक्षक बेलबहादुर पाण्डेले ३ जनालाई पक्राऊ गरिएको भएपनि अनुसन्धानमा असर पर्न सक्ने भएकाले उनीहरुको नाम भने अहिले सार्बजनिक नगरिने बताए ।  

घटनाको छानविन गर्न  गृह मन्त्रालयले प्रहरी महानिरीक्षक विज्ञानराज शर्माको नेतृत्वमा चार सदस्यीय समिति गठन गरेको छ । घटनाको विरोध गर्दै युवा संघले मंगलबार रुपन्देहीसहित लुम्बिनी अञ्चलका विभिन्न जिल्ला बन्द गरेका छन् ।   

 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved