गोरखा महोत्सवको तयारी पुरा, प्रधानमन्त्रीले उद्घाटन गर्ने, यस्ता छन् आकर्षणहरु 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 20, 2016 | 06:07:45 PM मा प्रकाशित

laxmi  sunrise bank

'गोरखाको चिनारी हो गोरखा महोत्सव, गोरखाको गौरव यो जनताको उत्सब' भन्ने मुल नाराका साथ यहि पौष ८ गतेदेखी नवौं गोरखा महोत्सव एवम पश्चिमाञ्चल क्षेत्रीय कृषि, पर्यटन तथा ब्यापार मेला हुने भएको छ । गोरखा सदरमुकाम स्थित खेलकुद मैदानमा हुने महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ ।


गोरखा उधोग बाणिज्य संघको मुख्य आयोजनामा हुन लागेको महोत्सब नौ दिन सम्म चल्नेछ । बिभिन्न २१ वटा उपसमितीले आ आफ्नो जिम्बेवारी आनुसार महोत्सवको तयारी तिब्र पारेको गोरखा उधोग बाणिज्य संघका महासचिव भगवान बाबु मास्केले जानकारी दिए । महोत्सबको ८ गते शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम रहेको मास्केले जनाए । उद्घाटन समारोहमा प्रधानमन्त्री प्रचण्ड सहित संघिय मामिला तथा स्थानिय विकास मन्त्री हितराज पाण्डे, भुमीसुधार मन्त्री बिक्रम पाण्डे, उर्जा मन्त्री जनार्दन शर्मा समेत आउने संघका सचिव मास्केले जानकारी दिए । 


नौ दिन सम्म चल्ने महोत्सबमा बिभिन्न सास्कृतिक कार्यक्रम, म्यान अफ द गोरखा दौड, दोस्रो गोरखा तारा, हास्य ब्यंग, लोक तथा दोहोरी गित प्रतियोगिता, सम्मान लगायतका कार्यक्रम रहको संघका सदस्य एवम सुरक्षा उपसमितीका संयोजक शरण श्रेष्ठले जानकारी दिए । साथै हेलिकोप्टर मार्फत जिल्लाका पर्यटकिय चुम भ्याली, लाप्राक, बारपाक, मनकामना लगायतको समेत अवोलोकन गर्ने ब्यवस्था गरिएको श्रेष्ठको भनाइ छ । 


महोत्सबमा करिब तिन करोडको कारोबार हुने अनुमान गरिएको आयोजक गोरखा उधोग बाणिज्य संघले जनाएको छ । महोत्सबमा ७० स्टल निर्माण गरिएको छ । स्टल संगै बिभिन्न मनोरञ्जनात्मक खेल, बाल उधान समेत निर्माण भइसकेको आयोजकले जनाएको छ । महोत्सबको ब्यवस्थापनमा करिब पचास लाख खर्च हुने समेत अनुमान गरिएको छ । 


महोत्सब संगै क्यान महासंघ गोरखाले सुबिसु क्यान इन्फोटक मेला समेत गर्ने क्यान महासंघ गोरखाका कोषध्यक्ष अमृत बोगटीले जानकारी दिएका छन । क्यान मेलामा प्रबिधिका बिभिन्न सामाग्री बिशेष छुटमा समेत बिक्रि गर्ने कोषध्यक्ष बोगटीले जनाए ।

सन् १९९८ सालमा नेपाल कै पहिलो महोत्सव गरेको गोरखा जिल्लाले केही बर्ष यता महोत्सब गर्न सकेको थिएन ।  
 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved