दोहोरो अंकले बजार घट्दा कारोबार रकम पनि खुम्चियो, २ कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढ्यो

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 21, 2016 | 03:33:11 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको चौथो दिन बुधबार पनि बजार परिसूचक नेप्से दोहोरो अंकले ओरालो लागेको छ। नेप्से २५ दशमलब ३६ अंकले ओरालो लाग्दै १४७० दशमलब ६३ को बिन्दुमा आइपुग्दा कारोबार रकम समेत अघिल्लो तुलनामा खुम्चिएको छ।

बुधबार कारोबारमा १३१ कम्पनीका ६ लाख ९६ हजार सेयर खरिदबाट ४८ करोड १२ लाख रुपैयाको कारोबार भएको छ। जसमा सबै भन्दा बढी एभरेष्ट बैंकको ३ अर्ब ८८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। अन्य बढी कारोबार हुने कम्पनीहरुमा बैंक अफ काठमान्डू लुम्बिनी, सिभिल बैंक, लाइफ इन्योरेंस, सिद्दार्थ बैंक, प्रिमियर इन्स्योरेन्स रहेका छन। बुधबारको कारोबारमा नागबेली लघुवित्त विकास बैंक र एनबि इन्स्योरेन्सको सेयर मूल्य १० प्रतिशतले बढेको छ।

त्यस्तै कमाउने अन्यमा मेरो माइक्रोफाइनान्स वित्तीय संस्था, अरुण फाइनान्स, साल्ट ट्रेडिङका लगानीकर्ता रहेका छन। गुमाउनेमा रिलायबल माइक्रोफाइनान्स, रप्तिभेरी विकास बैंक, युनिलिभर नेपाल, मिर्मिरे माइक्रोफाइनान्स, नमस्ते वित्तीय संस्था, हिमालयन बैंक रहेका छन।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved