संसद बैठक पुन: सूचना टाँस गरी स्थगित

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 22, 2016 | 12:16:31 PM मा प्रकाशित

laxmi  sunrise bank

बिहिबारको लागि तय भएको व्यबस्थापिका संसदको बैठक सूचना टाँस गरी स्थगित भएको छ । संसद सचिवालयले सूचना टाँस गरी पुस १० गतेसम्मका लागि स्थगित गरेको हो। संसद्को अर्को बैठक पुस १० गते दिउँसो १ बजे बस्ने छ।

पछिल्लो समय दलहरुबिच सहमति नहुँदा संसद बैठक चल्न सकेको छैन । प्रमुख प्रतिपक्षी एमाले सहितका दलहरुले संविधान संशोधन प्रस्तावको विरोध गर्दै संसद बैठक अबरुद्द गर्दै आएका छन् । प्रास्ताव फिर्ता नभएसम्म संसद चल्न नदिने बिपक्षीको अडान छ । 

सभामुख ओनसरी घर्तिले प्रमुख राजनीतिक दलहरुलाई सहमतिका लागि बिहीबारसम्मको समय दिएकी भएपनी दलहरु सहमतिमा पुग्न सकेका छैनन । 

संसद  चल्न नसक्दा महत्वपूर्ण बिधेयक तथा लोकमान सिंहको महाभियोग प्रस्तावमा छलफल हुन् सकको छैन ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved